श्रावण ३१, २०८३ आइतबार August 16, 2026

दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम

पशुपतिनाथका चारै जना भट्ट आशा गुरुसहित बाजागाजा लिएर दक्षिणामूर्ति मन्दिर गई पूजाआजासहित दर्शन गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ साउनः आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिनमात्र खुल्ने दक्षिणामूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । दक्षिणालाई पशुपतिनाथका पनि गुरुका रूपमा पूजिने कथन छ ।

वर्षको एक दिन गुरुपूर्णिमाको दिनमात्र सर्वसाधारणको दर्शनका निम्ति यो मन्दिर खुला हुने गर्दछ । आजको दिन पशुपतिनाथका अर्चक (भट्ट) गुरुहरूसमेत यस मन्दिरमा आएर पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । यसैकारण आज बिहानैदेखि पशुपति क्षेत्रस्थित दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम लागेको पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुपूर्णिमाका दिन आज बिहानको नित्य पूजा आराधना सकेपछि पशुपतिनाथका चारै जना भट्ट आशा गुरुसहित बाजागाजा लिएर दक्षिणामूर्ति मन्दिर गई पूजाआजासहित दर्शन गर्नुहुने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार