श्रावण ३१, २०८३ आइतबार August 16, 2026

आगामी कात्तिक १० गतेदेखि भेट्रान्स फुटबल प्रतियोगिता हुने

प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकहितका लागि क्रियाशील सामाजिक संस्था ‘फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले आगामी कात्तिक १० गतेदेखि भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ ।

शुक्रबार कार्यसम्पादन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णयसँगै विजेता र उपविजेताका लागि आकर्षक नगद पुरस्कार घोषणा गरेको हो ।

एफएमटीका अनुसार प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी संस्थाले आगामी असोज २० गतेदेखि ड्याफोडिल स्कुलको सहकार्यमा यु–११ महिला तथा पुरुष फुटबल प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिताको उद्देश्य बालबालिकामा फुटबलप्रति रुचि र प्रतिभा पहिचान गर्नु रहेको एफएमटीले जनाएको छ ।

बैठकले संस्थाको कार्यसम्पादन समिति पनि विस्तार गरेको छ । सहायक महासचिवमा अस्मिता मानन्धर र बालगोपाल महर्जन मनोनीत भएका छन् । कार्यसमिति सदस्यमा लुना प्रधान, अनिल अधिकारी, मृगेन्द्र मिश्र र लिला थापा तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मधुसुदन उपाध्याय नियुक्त भएका छन् ।

त्यस्तै बैठकले संस्थाको कल्याणकारी कोष (वेल्फेयर फण्ड)लाई थप प्रभावकारी र सुदृढ बनाउने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार