श्रावण १९, २०८३ मंगलबार August 4, 2026

फरार प्रतिवादी पक्राउ

कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १९ साउनः जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक/एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

पक्राउ परेका प्रतिवादीबाट रू १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उहाँको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया