असार २५, २०८२ बुधबार July 9, 2025

कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो, १० लाख बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितहरुको कुलसंख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ । वल्र्डोमिटर्सका अनुसार मंगलबार (आज) विहानसम्ममा कोरोना संक्रमितहरुको कुल संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको हो ।

त्यस्तै, कोरोना संक्रमणकै कारण हालसम्म विश्वमा १० लाख ८५ हजार ३१७ को मृत्यु भइसकेको वल्र्डोमिटर्सले जनाएको छ । यसैबीच २ करोड ८५ लाख ९६ हजार ७८२ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

हाल विश्वमा ८३ लाख ५३ हजार २५० वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये २ करोड ९६ लाख ८२ हजार ०९९ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

कोरोना संक्रमणका कारण सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या ८० लाख ३७ हजार ७८९ पुगेको छ । जसमध्ये २ लाख २० हजार ०११ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ५१ लाख ८४ हजार ६१५ संक्रमितहरु संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, दोस्रो बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितहरुको कुल संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ । जसमध्ये पनि १ लाख ९ हजार ८९४ जना संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ६२ लाख २४ हजार ७९२ जना संक्रमितहरु संक्रमणमुक्त भएका छन् ।

तेस्रो बढी कोरोना प्रभावित देश ब्राजिल हो । ब्राजिलमा संक्रमितहरुको कुल संख्या ५१ लाख ०३ हजार ४०८ पुगेको छ । जसमध्ये १ लाख ५० हजार ७०९ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ४४ लाख ९५ हजार २६९ संक्रमितहरु संक्रमण मुक्त बनेका छन् ।

विश्वको चौथो बढी कोरोना संक्रमित देश रसिया हो, जहाँ संक्रमितहरुको कुल संख्या १३ लाख १२ हजार ३१० पुगेको छ । यसैबीच २२ हजार ७२२ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १० लाख २४ हजार २३५ संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै पेरु, कोलम्बिया, म्याक्सिको, साउथ अफ्रिका, स्पेन, अर्जेन्टिना, चिली, फ्रान्सलगायतका देशहरुमा पनि लाखौं कोरोना संक्रमितहरु रहेका छन् । त्यसोत, कोरोना संक्रमणका कारण नेपाल पनि अछुतो रहन सकेन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ, भने ६४५ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ७७ हजार २७७ जना संक्रमितहरु कोरोना मुक्त भइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया