श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार थापा र गंगालाल हृदय केन्द्रका निर्देशक अमात्यले लिए शपथ

स्वास्थ्य मन्त्रीसमक्ष दुई अधिकारीको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल फार्मेसी परिषद्का नवनियुक्त रजिस्ट्रार डा. हरिश सिंह थापा र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण समारोहमा मन्त्री मेहेताले दुवै पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र जनउत्तरदायी ढंगले निर्वाह गर्न आग्रह गरेकी छन्।

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारका रूपमा डा. थापाले फार्मेसी व्यवसायको नियमन, फार्मेसी शिक्षा तथा जनशक्तिको व्यावसायिक मापदण्ड कायम गर्ने लगायतका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्। परिषद्ले फार्मेसी व्यवसायी तथा फार्मेसी शिक्षासम्बन्धी विभिन्न विषयमा नियमनकारी भूमिका निर्वाह गर्दै आएको छ।

त्यस्तै, प्रा.डा. अमात्यले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकको जिम्मेवारी सम्हालेसँगै केन्द्रको प्रशासनिक तथा स्वास्थ्य सेवा व्यवस्थापनको नेतृत्व गर्नेछन्। मुटु रोगको उपचार तथा सेवामा विशिष्ट पहिचान बनाएको केन्द्रले सर्वसाधारणलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार थापा र गंगालाल हृदय केन्द्रका निर्देशक अमात्यले लिए शपथ
२०८३ श्रावण २२, शुक्रबार
ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला
२०८३ श्रावण २२, शुक्रबार
खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने
२०८३ श्रावण २२, शुक्रबार
राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार
२०८३ श्रावण २२, शुक्रबार
टिक्दैन नियन्त्रित लोकतन्त्र : चरण प्रसाई
२०८३ श्रावण २२, शुक्रबार
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
२०८३ श्रावण २२, शुक्रबार
राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित
२०८३ श्रावण २२, शुक्रबार