काठमाण्डाैंः भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।
भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो । विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गर्नुभएका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ ।
त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उहाँ पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुनुहुन्छ । उहाँले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहनुभएको मन्त्रालयले जनाएको छ । उहाँहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्नुहुने पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया