श्रावण २३, २०८३ शनिबार August 8, 2026

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

जुलाई २५ सम्म ३ हजार ४३७ जनामा ​​संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वाशिंगटन, २३ साउन । संयुक्त राज्य अमेरिकामा ‘क्यान्डिडा ओरिस’ को बढ्दो संक्रमणले चिकित्सा विज्ञहरूमा चिन्ता बढाएको छ।

‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले जनाए अनुसार यस वर्ष हालसम्म अमेरिकाका २७ राज्यहरूमा खतरनाक ‘फंगस’ का प्रकारहरू फेला परेका छन्। औषधि प्रति प्रतिरोध क्षमता तथा प्रभावकारी खोप वा उपचारको अभावले गम्भीर चिन्ताको विषय बनाएको छ।

क्यान्डिडा ओरिस एक प्रकारको ‘यिस्ट’ हो, जसले गम्भीर बिमारी निम्त्याउन सक्छ। यो स्वास्थ्य सेवा केन्द्रहरूमा रहेका गम्भीर बिरामीहरू माझ सजिलै फैलिन सक्छ। विश्व स्वास्थ्य संगठनले यसलाई ‘अत्यधिक प्राथमिकता प्राप्त फंगल प्याथोजन’ अर्थात अत्यन्त खतरनाक ढुसीको रूपमा वर्गीकृत गरेको छ। यसले विभिन्न प्रकारका संक्रमणहरू गराउन सक्छ।

‘शरीरका सेता रक्तकोशिकाले बाहिरी रोगजनक जीवहरूलाई मार्न ‘रियाक्टिभ नाइट्रोजन स्पिसिज’उत्पादन गर्छन् तर यो ‘सुपरबग’ ढुसीले तिनको उत्पादनलाई रोक्छ। यसले छालाको संक्रमण तथा ज्यान जोखिममा पार्ने खालका संक्रमणहरू, जस्तै रगतको संक्रमण, निम्त्याउन सक्छ’ विश्व स्वास्थ्य संगठनले भनेको छ ।

अमेरिकाको राष्ट्रिय जनस्वास्थ्य निकायले जुलाई २५ सम्म ३ हजार ४३७ जनामा ​​संक्रमण पुष्टि भएको जनाएको छ  । गत वर्ष यो संख्या ४ हजार २९० थियो। सबैभन्दा बढी संक्रमणका घटना क्यालिफोर्नियामा ८ सय ७३ देखिएका छन् भने त्यसपछि टेक्सास ४ सय ३३ र टेनेसीमा २ सय ८३ रहेका छन्। सीडीसीका अनुसार ‘कन्डिडिया ओरिस’ को संक्रमण दर वार्षिक रूपमा बढिरहेको छ, यद्यपि सन् २०२२ यता यसको वृद्धिदर भने सुस्त भएको थियो ।

कोरियाली अनुसन्धानकर्ताहरूले सन् १९९६ मा पहिलो पटक यसको पत्ता लगाएका थिए। यो एक सर्ने रोग हो, जुन संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क वा दूषित सतहहरूमार्फत अप्रत्यक्ष रूपमा फैलिन सक्छ। यसका साथै, यो ढुसी (फंगस) सतह र वस्तुहरूमा लामो समयसम्म रहिरहन सक्छ र बिरामीहरूमा सर्न सक्छ।

‘क्यान्डिडा ओरिस’ सँग सम्बन्धित मृत्युदर ३० प्रतिशत देखि ६० प्रतिशतको बीचमा रहेको अनुमान गरिएको छ। सीडीसीका अनुसार संक्रमित बिरामीहरू मध्ये अधिकांश पहिले नै अन्य रोगबाट ग्रसित थिए । त्यसैले, पहिलेदेखि नै रहेका स्वास्थ्य समस्याहरूको तुलनामा यस फंगसले मृत्युमा कति भूमिका खेल्यो भनि यकिन गर्न कठिन छ। फलस्वरूप, यस रोगका धेरै पक्षहरू अझै स्पष्ट हुन बाँकी छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बालबालिका माथी हिंसा गरेको भन्दै मेटालाई ५६७ मिलियन डलर जरिवाना
२०८३ श्रावण २३, शनिबार
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार