श्रावण २७, २०८३ बुधबार August 12, 2026

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

पूर्व फुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पछिल्लोपटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाडीको उपस्थिति बढेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनबमोजिम रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट उहाँहरूलाई मनोनयन गर्नुभएको हो ।

हाल प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्वराष्ट्रिय धावक हुनुहुन्छ उहाँले ४०० र ८०० मिटरको दूरीमा कीर्तिमान कायम गर्नुभएको थियो ।  ललिता नाथ पूर्वराष्ट्रिय भलिबल खेलाडी हुनुहुन्छ । उहाँ पछिल्लो समय कर्णाली यश्विस टोलीमा आबद्ध हुनुहुन्थ्यो ।

हाल राखेपको उपाध्यक्षमा विशाल श्रेष्ठ हुनुहुन्छ । उहाँ पूर्व फुटबल खेलाडी (गोलकिपर) हुनुहुन्छ । बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्वटेबल टेनिस खेलाडी हुनुहुन्छ । उहाँ विश्व महिला टेबल टेनिस वरियतामा ५१० स्थानसम्म पुग्नुभएको थियो । उहाँ स्टयाग ग्लोबल च्याम्पियन लिग–२०८० को विजेता पनि हुनुहुन्छ ।

बोर्ड सदस्यमा शक्ति गौचन पनि हुनुहुन्छ । गौचन पूर्व क्रिकेटर हुनुहुन्छ । उहाँ कुशल प्रशिक्षक पनि हुनुहुन्छ । नेपाली क्रिकेटको विकासमा उहाँको ठूलो योगदान छ ।

बोर्ड सदस्य मोनालिसा खम्बु पनि पूर्वखेलाडी हुनुहुन्छ । उहाँ बुद्धिचालकी राम्रो खेलाडीका रूपमा परिचित हुनुहुन्छ । सन् २००६ मा एसियन गेम्सका छनोटमा पर्नुभएकी उहाँ नेपालबाट पहिलोपटक अन्तरराष्ट्रियस्तरमा महिला चेस खेलाडीका रूपमा सहभागी हुनुभएको थियो । नेपाली महिला खेलाडीमा उहाँ सबैभन्दा उच्च रेटिङ (१८७७) भएकी खेलाडी हुनुहुन्छ । पूर्व फुटबल खेलाडी पवन शाही पनि अहिले परिषद्को बोर्ड सदस्य हुनुहुन्छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार
स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण
२०८३ श्रावण २७, बुधबार
धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
२०८३ श्रावण २७, बुधबार
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
२०८३ श्रावण २७, बुधबार
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
२०८३ श्रावण २७, बुधबार