श्रावण २, २०८२ शुक्रबार July 18, 2025

दसैंकाे बिदा घटस्थापनादेखि नै दिन सचिवहरूको सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः सरकारलाई घटस्थापना अर्थात कात्तिक १ गतेदेखि नै दसैं बिदा दिन सुझाव दिइएको छ । सरकारको नियमित दसैं बिदा कात्तिक ७ (फूलपाती) देखि ११ कात्तिकसम्म मात्र छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं बिदा दिन विभिन्न मन्त्रालयका सचिवहरूले सुझाब दिएका हुन्।

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

लामो दसैं बिदा हुँदा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने विश्वाससहित यस्तो सुझाब दिइएको एक सचिबले बताए । यसकारले यस वर्ष दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया