श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

नेपालगन्जका २५ अस्पतालमा विपन्नका लागि ९४ शय्या निःशुल्क

कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि अस्पताल स्तरमा निःशुल्क उपचार व्यवस्थापन समिति गठन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, साउन २८ गते । नेपालगन्ज उपमहानगरपालिकाले गरिब, असहाय र विपन्न नागरिकका लागि नगरभित्र सञ्चालित २५ अस्पतालमा कुल ९४ वटा निःशुल्क शय्या (बेड) को व्यवस्था गरेको छ।

‘लक्षित वर्ग निःशुल्क उपचार (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ अनुसार नगर क्षेत्रका अस्पतालहरूमा यो सुविधा सुनिश्चित गरिएको हो। उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख प्रशान्त विष्टले ९४ शय्यामा निःशुल्क उपचार उपलब्ध गराइने जानकारी दिँदै कार्यविधि पूर्ण रूपमा पालना गर्न अस्पतालहरूलाई निर्देशन दिइसकिएको बताउनुभयो। उहाँले यो सेवा कागजी प्रक्रियामा मात्र सीमित नभई व्यवहारमै हरेक अस्पतालले १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले भेरी अस्पतालमा निःशुल्क उपचार सेवा लिने बिरामीको घुइँचो लाग्ने गरे पनि निजी अस्पतालहरूमा उपलब्ध यस्तो सेवाबारे धेरै नागरिक अनभिज्ञ रहेको बताउनुभयो।

जनस्वास्थ्य प्रवर्धन शाखा नेपालगन्जका प्रमुख जागेश्वर बस्नेतका अनुसार अस्पतालहरूमा निःशुल्क शय्याको स्थिति दैनिक रूपमा अद्यावधिक गरिने छ। साथै सेवाग्राहीलाई सहज जानकारी दिन ‘निःशुल्क स्वास्थ्य सेवा सहकार्य कक्ष’ स्थापना गरी फोकल पर्सन्मार्फत सेवा प्रवाह व्यवस्थित गर्न अनुगमन सुरु गरिएको उहाँले जानकारी दिनुभयो।

उपचार सेवा पाउन कठिनाइ भएमा वा गुनासो रहेमा सम्बन्धित अस्पतालका फोकल पर्सन तथा नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीलाई सिधै सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। यसका साथै सर्वसाधारणले थप जानकारीका लागि टोल-फ्री नम्बर ९७०२६९७७७२ मा सम्पर्क गर्न सक्ने छन्।

कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि अस्पताल स्तरमा निःशुल्क उपचार व्यवस्थापन समिति गठन गर्ने, फोकल पर्सन तोक्ने र मुख्य प्रवेशद्वार नजिकै सहकार्य कक्ष स्थापना गर्ने निर्देशन दिइसकिएको छ।

नेपालको संविधानको धारा ३५(१) ले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। यस्तै, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७’ को धारा ७० (घ) अनुसार प्रत्येक अस्पतालले कुल शय्याको १० प्रतिशत गरिब, असहाय र विपन्न बिरामीका लागि निःशुल्क आरक्षित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार