मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

स्पेनिश कप २०२७ मा टर्कीमा हुने

स्पेनिस सुपर कपमा ला लिगा र कोपा डेल रेका विजेता तथा उपविजेता टोलीहरूले प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २९ साउन ।  सन् २०२७ को स्पेनिस सुपर कप टर्कीको इस्तानबुलस्थित अतातुर्क ओलम्पिक रंगशालामा आयोजना हुने घोषणा स्पेनिस फुटबल महासंघले गरेको छ।

बिहीबार जारी विज्ञप्तिअनुसार फाइनल फोर ढाँचाको यो प्रतियोगिता फेब्रुअरी २ देखि ७ सम्म सञ्चालन हुनेछ र यसमा बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिड तथा रियल सोसिडाडको सहभागिता रहनेछ।

साउदी अरबले सन् २०२० देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ तर यसपटक एसियाली कप, महादेशको पुरुषहरूको प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, सँग मिति जुधेका कारण यसलाई आयोजना स्थलको सूचीबाट हटाइएको हो ।

सन् २०२६ को फाइनलमा रियल मड्रिडलाई पराजित गर्दै सुपर कपको उपाधि जितेको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै सन् २०२८ मा सुपर कप पुनः साउदी अरबमा आयोजना हुने जनाएको छ।

स्पेनिस सुपर कपमा ला लिगा र कोपा डेल रेका विजेता तथा उपविजेता टोलीहरूले प्रतिस्पर्धा गर्छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार