भाद्र २, २०८३ मंगलबार August 18, 2026

आज कल्की जयन्ती, जो हुन भगवान बिष्णुको एक मात्रै भविश्य अवतार

यस धार्मिक मान्यता अनुसार कलि युगको अन्त्य हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ भदौं । आज कल्कि जयन्ती हो । भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतारको रूपमा मानिने कल्कि अवतारको जन्म उत्सव वा तिथिको रूपमा मनाइन्छ।

हिन्दू धर्मशास्त्र र पौराणिक मान्यता अनुसार कल्कि जयन्ती हिन्दू पञ्चाङ्ग अनुसार हरेक वर्ष श्रावण शुक्ल पक्षको षष्ठी तिथिका दिन कल्कि जयन्ती मनाइन्छ।

पौराणिक मान्यता अनुसार यसलाई भविष्यको अवतार भनिन्छ । अन्य अवतारहरू (जस्तैः राम, कृष्ण) भन्दा फरक कल्कि अवतारलाई भविष्यमा हुने अवतारको रूपमा बर्णन गरिएको छ ।

यस धार्मिक मान्यता अनुसार कलि युगको अन्त्य हुनेछ । पौराणिक कथा अनुसार कलियुगको अन्त्यतिर धर्मको हानि भई अधर्म, अन्याय र पाप चरम सीमामा पुगेका बेला भगवान् विष्णुले कल्कि रूप धारण गर्ने छन र पुनः सत्य युगको सुरुवात हुनेछ । कल्कि अवतारले संसारबाट पापी र दुष्टहरूको विनाश गरी पुनः सत्य युग अर्थात धर्म र शान्ति को स्थापना गर्नु हुने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रहरूमा कल्कि भगवान्लाई सेतो घोडा अर्थात देवदत्तमा सवार भई हातमा चम्किलो खड्ग लिएको पराक्रमी योद्धाको रूपमा वर्णन गरिएको छ।

धार्मिक मान्यता अनुसार कल्कीको जन्म सम्भल ग्राममा ‘विष्णुयशा’ नाम गरेका ब्राह्मणको घरमा हुने उल्लेख गरिएको छ।

जसका कारण यस दिन श्रद्धालुहरूले भगवान् विष्णुको पूजा आजा र आराधना गर्छन्। विष्णु सह स्रनाम वा श्रीमद्भागवत महापुराणको पाठ गर्ने र उपवास अर्थात व्रत बस्ने परम्परा छ। समाजमा सत्य, न्याय र सदाचार कायम रहोस् भन्ने कामनाका साथ यो पर्व मनाइन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया