युग खबर
श्रावण २, २०८२ शुक्रबार July 18, 2025
  • प्रमुख समाचार
  • समाचार
    • समसामयिक
    • संसद
  • राजनीति
  • समाज
    • अपराध
  • अन्तर्वाता
  • बिचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • पत्रपत्रिका
  • अन्तराष्ट्रिय
  • अन्य
    • धर्म-संस्कृति
    • रोचक
    • सुचना-प्रविधी

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

युग खबर २०७७ असोज ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।

अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताउनुभयो । घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उहाँको भनाइ छ । सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशमा व्यवसायी रहेका छन् । जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन् ।

नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ । कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ । बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्ड विपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनले तत्काल कारवाही गर्न प्रहरी युनिटलाई निर्देशन दिइसकेको छ ।” यात्रु, चालक, सहचालक सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै शर्माले अटेर गर्नेलाई कारवाही गरिने बताउनुभयो । सङ्क्रामक ऐन २०२० मा आदेश अपहेलना गर्नेलाई एक सयदेखि ६०० रुपैयाँसम्म जरिवाना वा १ देखि ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । जिल्ला प्रशासनले असोज २७ गते १४ बुदे निर्देशन जारी गरिसकेको छ ।

चाडपर्वका बेला एक ठाउँ बाट अर्को ठाउँसम्म मानिसको आवतजावत हुने भएकाले कोरोना सङ्क्रमण फैलिने उच्च जोखिम देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बिहीबारदेखि सार्वजनिक सवारीमा आकस्मिक जाँचको अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी काम भइरहेकको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बढी भाडा लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई तत्कालै कारवाही गरिने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार
ठूलो परिमाणमा लागू औषधसहित दुई जना पक्राउ
२०८२ श्रावण २, शुक्रबार
साउथ अभिनेता विजय देवरकोंडा अस्पताल भर्ना
२०८२ श्रावण २, शुक्रबार

सम्बन्धित खबर

आजको राशिफलः २०८२ साउन २ गते शुक्रबार

वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस्

ऐतिहासिक बरेटार शिवमन्दिर पुनर्निर्माण गरिँदै

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान गरेर मनाइँदै

बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

आज मंगलबार : गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस राशिफल

आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै

मौलिक मिडिया हाउस प्रा. लि.

ठेगाना : कामपा- २८, काठमाण्डाै

मौलिक मिडिया हाउस प्रा.लि.द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।

प्रधान सम्पादक:-सुरन कार्की

कार्यकारी सम्पादक:- विन्दु वास्तोला

सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६-७७

इमेल:- [email protected]

सम्पर्क:- 9801203649/9847041003

अन्य लिंक

  • Privacy Policy
  • सम्पर्क
  • बिज्ञापन
  • हाम्रो टिम
  • साइट नेविगेशन

  • समाचार
  • राजनीति
  • समाज
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • © युग खबर 2019-2025 सर्वाधिकार सुरक्षित Site by: KAJI