भाद्र ३, २०८३ बुधबार August 19, 2026

कोशी प्रदेशमै पहिलोपटक शिक्षकलाई भलिबल प्रशिक्षण दिईदैं

भलिबल खेलाडी उत्पादन गर्न इलाममा खेल शिक्षकलाई विशेष प्रशिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम, भदौ ३ गते । जिल्ला भलिबल संघ इलामले जिल्लाभरका खेल शिक्षकलाई भलिबल प्रशिक्षण गराउने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकलाई भलिबल प्रशिक्षण गराउँदा भलिबलका खेलाडी उत्पादन गर्न सहज हुने ठहर गर्दै शिक्षकलाई नै प्रशिक्षण दिन लागेको हो ।

संघले आज पत्रकार सम्मेलन गर्दै आगामी भदौ १० गते देखि १५ गतेसम्म सदरमुकाममा प्रशिक्षण आयोजना गरिएको जानकारी दिएको छ । संघका अध्यक्ष प्रबिन गुुरुङले जिल्लाका सबै पालिकालाई शिक्षक छनौट गरेर पठाउन पत्राचार गरिसकिएको बताउनुुभयो ।

हरेक गाउँपालिकाबाट पाँच जना, नगरपालिकाबाट सात जना, प्याब्सन इलामबाट दश जना र नेपाली सेनाका दुुई गरी ७० जना शिक्षकलाई प्रशिक्षण दिने तयारी गरिएको जानकारी दिनुुभयो ।

संघले कोशी प्रदेशमै पहिलो पटक विद्यालयका शिक्षकका लागि प्रशिक्षण दिन लागेको गुुरुङले बताउनुुभयो । ‘एउटा शिक्षकले लामो समय विद्यालयमा पढाउने भएकाले पनि शिक्षकलाई प्रशिक्षण दिंदा खेलाडी उत्पादनका लागि प्रभावकारी देखिएको छ’ अध्यक्ष गुुरुङले भन्नुुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया