भाद्र ४, २०८३ बिहिबार August 20, 2026

एसियाड तयारीमा नेपाली टेनिस टोली, बिहीबार भारत प्रस्थान गर्दै

खेलाडीले बैङ्गलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ भदौ । आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैङ्गलुरु जाने भएको छ ।

उक्त टोलीमा खेलाडीतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट तथा प्रशिक्षकमा रेणुदेवी कोण्डा रहेकी छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस सङ्घका अध्यक्ष मनोहरदास मुललगायतले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

खेलाडीले बैङ्गलुरुस्थित रोहन बोपना टेनिस एकेडेमीमा प्रशिक्षण गर्नेछ्न । टोली सेप्टेम्बर ८ तारिखमा स्वदेश फर्किने छ । बीसौँ एसियाडकै लागि छनोट भएका अभिषेक बाँस्तोला र शिभाली गुरुङ विदेशमा प्रशिक्षणरत रहेको नेपाल टेनिस सङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया