भाद्र ४, २०८३ बिहिबार August 20, 2026

एनभिएललाई एक्स्ट्रिम इनर्जी ड्रिङक्सले मुख्य प्रायोजन गर्ने

पछिल्लो समय नेपाली भलिबलमा उल्लेख्य सुधार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३ भदौः केडिया ग्रुपको आयोजनामा हुने नेपाल भलिबल लिग (एनभिएल)लाई एक्स्ट्रिम इनर्जी ड्रिङक्सले मुख्य प्रायोजन गरेको छ ।

केडिया ग्रुपद्धारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केडिया ग्रुप र एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सबीच तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो । एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको तर्फबाट बजार व्यवस्थापक सोनिया राना र नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक आश्विन केडियाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि बजार व्यवस्थापक रानाले नेपाल भलिबल लिगसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । त्यस्तै नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले टाइटल स्पोन्सरका रूपमा एक्स्ट्रिमलाई पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भलिबलमा निजी क्षेत्रको लगानी बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै खेलकुदमा गरिएको लगानीको दीर्घकालीन प्रतिफल उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल भलिबल लिगसँग एक्स्ट्रिमजस्तो संस्थाको सहकार्य हुनु सकारात्मक विषय हो । खेलकुदमा गरिएको लगानीले तत्काल मात्र नभई दीर्घकालीन रूपमा प्रतिफल दिने विश्वास छ,” उहाँले भन्नुभयो । तीन वर्षे उक्त सम्झौता रु दुई करोड ७५ लाखको रहेको छ ।

यसैगरी नेपाल भलिबल सङ्घका उपाध्यक्ष भरतबहादुर शाहले पछिल्लो समय नेपाली भलिबलमा उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो । विगतमा खेलाडीले विभिन्न समस्या र कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उहाँले अहिले विभिन्न सङ्घसंस्था तथा निजी क्षेत्रसँगको समन्वयमा खेलाडीको व्यवस्थापन र प्रतियोगिता सञ्चालनमा सुधार आएको बताउनुभयो ।

“पहिलाको तुलनामा अहिले भलिबलमा धेरै सुधार भएको छ । विगतमा खेलाडीले निकै सकस व्यहोर्नुपर्ने अवस्था थियो । अहिले विभिन्न संस्था र सरोकारवालासँग समन्वय गरेर खेलाडीको व्यवस्थापनदेखि प्रतियोगिता सञ्चालनसम्मलाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ,” उपाध्यक्ष शाहले भन्नुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगिता यही भदौ १९ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार