भाद्र ७, २०८३ आइतबार August 23, 2026

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

तनहुँसँगै गोरखा, लमजुङ, कास्की, स्याङ्जा र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक सेवा प्रदान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), ६ भदौः प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो ।

कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ४०४ जनालाई आयुर्वेदिक सेवा प्रदान गरिएको जानकारी दिनुभयो । आव २०८०/८१ मा १६ हजार ५०२ जनालाई सेवा प्रदान गरिएको थियो ।

सबैभन्दा बढी १० हजार ३४२ लाई बहिरङ्ग, दुई हजार ६०४ लाई ज्येष्ठ नागरिक, पाँच हजार ९४१ लाई योग, नौ हजार ५०५ जना पूर्वकर्म र पञ्चकर्म, १७ जनालाई स्तनपान गराउने आमा तथा शिशु सेवा, १९ लाई क्षारसुत्र, ५०४ जनालाई प्रयोगशाला सेवालगायत फिजियोथेरापी, शिरोधारा तथा स्वर्णविन्दु प्राशन सेवा प्रदान गरिएको छ ।

पौडेलका अनुसार चिकित्सालयले तनहुँसँगै गोरखा, लमजुङ, कास्की, स्याङ्जा र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक उपचार, रोग प्रतिरोधात्मक सेवा, स्वास्थ्य प्रवर्द्धन तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । पछिल्ला वर्षहरूमा एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचारलाई पूरक उपचारका रूपमा अपनाउने नागरिकको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

आयुर्वेदिक उपचार केवल रोग निको पार्ने माध्यम मात्र नभई स्वस्थ जीवनशैली अपनाउने अभियानसमेत भएकाले समुदायस्तरमा यसको पहुँच विस्तार गर्न चिकित्सालयले विभिन्न विद्यालय, स्थानीय तह तथा समुदायसँग सहकार्य गरी योग शिविर, स्वास्थ्य शिक्षा, आयुर्वेदसम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आइएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

चिकित्सालयले आगामी दिनमा सेवा विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन, आधुनिक उपकरणको प्रयोग तथा आयुर्वेदिक उपचारलाई अझ प्रभावकारी र सहज बनाउने योजनासहित अघि बढिरहेको जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’- मन्त्री रावल
२०८३ भाद्र ७, आइतबार
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
२०८३ भाद्र ७, आइतबार
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ७, आइतबार
‘ओलीको विकल्प खोज्ने बेला भएको छैन, विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन हुन्छ’ : महासचिव, शंकर पोखरेल (अन्तवार्ता)
२०८३ भाद्र ७, आइतबार
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
२०८३ भाद्र ७, आइतबार
ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापाका विपक्षमा मतदान गर्न बागमती काँग्रेसको ह्विप
२०८३ भाद्र ७, आइतबार