कार्तिक २८, २०८३ शनिबार November 14, 2026

लिच्छविकालीन नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न

करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। काठमाडौंको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गरेकी छन्।

करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा प्रशिक्षणका लागि प्रयोग गरिनेछ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ।

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले मौलिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताउँदै पुनःनिर्माण भएका सम्पदाको संरक्षणको जिम्मेवारी समुदायले लिनुपर्ने बताइन्।

वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले स्थानीयको सहयोग र प्रत्यक्ष निगरानीमा मन्दिर पुनःनिर्माण गरिएकाले यसको मौलिकता कायम गरिएको बताए। मन्दिर पुनःनिर्माणसँगै स्थानीय परम्परागत बाजागाजा प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

२०८१ माघ ८ गते विहीबार मन्दिर पुनःनिर्माणको जग पूजा गरिएको थियो। ०८२ माघ १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। यसै बिच २०८२ मंसिर ५ गते नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरियो। यसअघि मूर्तिको सट्टा प्रति आकृति मात्र पूजा गर्ने गरिएको थियो। त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब ३ फिट अग्लो निराकार प्रस्तर मूर्तिलाई पूजाआजा गरी आसनमा पुनःस्थापना गरिएको छ।

नित्यनाथको पूजाआजा र आराधनाका लागि विहीबार विशेष दिन मानिन्छ। ९० सालको भूकम्प अघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्व. सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो। त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो। माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो।

नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार