भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

महादेवको पोखरीमा गोसाइँकुण्डको पानी आउने जनविश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, भदौ १२ गते । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।

रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।

चाँगनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले समुन्द्र मन्थन गर्दा महादेवले विषपान गरेर छटपटिएर हिँड्दा नगरकोटको रत्नचुडेश्वरमा आएर त्रिसूलले खोपेर पानी निकालेर शयन गर्दा पनि शान्त नभएपछि रसुवाको गोसाइँकुण्ड पुगेर त्रिसूलले खोपर तलाउमा सुतेपछि शान्त भएको किम्वदन्ती रहेको बताउनुभयो ।

यहाँको धार्मिक महत्व धेरै रहेको बताउँदै उहाँले महादेवको पोखरीमा गोसाइँकुण्डको पानी आउने जनविश्वास रहेको र गोसाइँकुण्ड जान नसक्ने यहाँ आएर दर्शन गर्दा पनि गोसाई कुण्ड पुगे बराबराको पुण्य प्राप्त हुने जनविश्वास रहेको बताउनुभयो । हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरि नै भीड लागेको भन्दै उहाँले हिन्दू र बौध धर्मावलम्बीले मेला भर्न आएको बताउनुभयो । काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउँदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौं वर्षदेखि यहाँ मेला लाग्दै आएको बताउनुभयो ।

उहाँले रातिदेखि नै हिन्दू र बौद्ध धर्मावलम्बी विभिन्न झाकीसहित पूजा गरेका छन् । उहाँले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकैसमेत चढाउने गर्दछन् । उहाँका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् ।

कालदहमा भीड 

आजै भक्तपुर नगरपालिका व्यासीमा रहेको कालदहमा बिहानैदेखि भव्य मेला लागेको छ । भक्तपुर नगरपालिका व्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेर बीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निको हुने धार्मिक विश्वास रहँदै आएको छ । आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन् । रासस 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार