भाद्र १५, २०८३ सोमबार August 31, 2026

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने सम्झौता

सरकारले गेटा स्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्र देखि चिकित्सा शिक्षा चार वटा कार्यक्रम सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिमका चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने गरि सम्झौता भएको छ ।

कैलाली स्थित सेती प्रादेशिक अस्पताल, टिकापुर प्रादेशिक अस्पताल, लम्की प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने गरि दुई पक्षीय सम्झौता भएको हो ।

आज सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य विज्ञान विश्वविद्यालयका बिच चार वटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने गरि सम्झौता भएको स्वास्थ्य महाशाखा प्रमुख रमेश मलासीले बताउनुभयो । सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाको उपस्थितिमा दुई पक्षीय सम्झौता सम्पन्न भएको उहाँले बताउनुभयो । सम्झौताको अवधि २० वर्षको रहेको छ ।

उक्त सम्झौता पत्रमा सामाजिक विकास मन्त्रालयका तर्फबाट निमित्त सचिव डा. निरज अर्याल र विश्वविद्यालयका तर्फबाट रजिस्टार डा.भिम बहादुर चन्दले हस्ताक्षर गर्नुभएको छ । प्रदेश सरकारको साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार वटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगका लागि सहमति दिने निर्णय गरेको थियो ।

सरकारले गेटा स्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्र देखि चिकित्सा शिक्षा चार वटा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । हाल गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् अझै टरेको छैन, उच्च सतर्कता अपनाऔँ : मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १५, सोमबार
भोटेकोशी बाढी: शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
२०८३ भाद्र १५, सोमबार
परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
२०८३ भाद्र १५, सोमबार
बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने सम्झौता
२०८३ भाद्र १५, सोमबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक मंगलबारदेखि शुरु हुँदैं
२०८३ भाद्र १५, सोमबार