भाद्र १५, २०८३ सोमबार August 31, 2026

भोटेकोशी बाढी: शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ ।

नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ । पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ ।

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगन्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डिएनए प्रोफाइलिङ (डिएनए प्रतिरूपण) गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।

प्रहरीका अनुसार ‘डिएनए प्रोफाइल’को तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् अझै टरेको छैन, उच्च सतर्कता अपनाऔँ : मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १५, सोमबार
भोटेकोशी बाढी: शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
२०८३ भाद्र १५, सोमबार
परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
२०८३ भाद्र १५, सोमबार
बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने सम्झौता
२०८३ भाद्र १५, सोमबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक मंगलबारदेखि शुरु हुँदैं
२०८३ भाद्र १५, सोमबार