भाद्र १६, २०८३ मंगलबार September 1, 2026

बाँकेका ८ वटै पालिकामा एचपीभी खोप अभियान, ६ हजार किशोरी लक्षित

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि बाँकेमा एचपीभी खोप अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । बाँकेमा ६ हजार भन्दा बढी किशोरीलाई लक्षित गरी एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । अभियान अन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने भएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार खोप अभियानको सुरुआत विद्यालयबाट गरिनेछ । विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदाय स्तरका १० वर्षका किशोरीलाई खोप लगाइने पौडेलले बताउनुभयो ।

बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने विषयमा समेत छलफल भएको छ । बाँकेमा ८ ओटै पालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइन्छ । एचपीभी भाइरसका केही प्रकारले पछि गएर पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । किशोरी अवस्थामा, भाइरसको सम्पर्कमा आउनु अघि खोप लगाउँदा सबैभन्दा राम्रो सुरक्षा प्राप्त हुन्छ । यो रोकथामका लागि दिइने खोप हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँकेका ८ वटै पालिकामा एचपीभी खोप अभियान, ६ हजार किशोरी लक्षित
२०८३ भाद्र १६, मंगलबार
प्राडा. तारा दत्त भट्ट सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त
२०८३ भाद्र १६, मंगलबार
अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू
२०८३ भाद्र १६, मंगलबार
गोदावरी आर्यघाटः घट्दै छ मृत्युसंस्कारको दुःख !
२०८३ भाद्र १६, मंगलबार
बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
२०८३ भाद्र १६, मंगलबार
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
२०८३ भाद्र १६, मंगलबार
नुवाकोटको बेत्रावती बजारको एकै घरभित्र २४ शव फेला
२०८३ भाद्र १६, मंगलबार