भाद्र १७, २०८३ बुधबार September 2, 2026

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके, १७ भदौः बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदायस्तरका १० वर्षीया किशोरीलाई खोप लगाइने पौडेलको भनाइ छ ।

बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ । बाँकेमा आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ ।

पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने गरिन्छ । एचपिभी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । किशोरी अवस्थामा नै खोप लगाउँदा राम्रो सुरक्षा प्राप्त हुने बताइएको छ ।

क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइन्छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
२०८३ भाद्र १७, बुधबार
भोटेकोशी बाढी : मृत्यु हुनेको सङ्ख्या ११ सय नाघ्यो,झन्डै ५ हजार बेपत्ता
२०८३ भाद्र १७, बुधबार
बाढी-पहिरोले देशभरका सडक अवरुद्ध, विभिन्न राजमार्गमा यातायात प्रभावित
२०८३ भाद्र १७, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ भाद्र १७, बुधबार
बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै
२०८३ भाद्र १७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ भाद्र १७, बुधबार
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि सुरुङ र बाइपास सडकको अध्ययन गरिने
२०८३ भाद्र १७, बुधबार