काठमाडौँ, भदौ १८ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ ।
यी दुई टोलीबिचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले बिहीबारको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ ।
एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन् ।
नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । नेपाली टोली दोस्रोपटक प्रिमियर कपको उपाधि जित्ने योजनामा छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया