भाद्र १८, २०८३ बिहिबार September 3, 2026

ईएमआर प्रणाली लागू गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन

ईएमआर प्रणाली विस्तार र कार्यान्वयनका लागि तय गरिएको योजनासमेत उपलब्ध गराउन सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई सम्पूर्ण स्वास्थ्य सेवामा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै स्वास्थ्य संस्थालाई पत्र पठाउँदै आफूले प्रदान गर्ने स्वास्थ्य सेवामा अनिवार्य रुपमा ईएमआर प्रणाली लागू गर्न र सोही प्रणालीमार्फत स्वास्थ्य बीमाको दाबी पेश गर्ने व्यवस्था मिलाउन भनेको हो ।

स्वास्थ्य बीमा आबद्ध अधिकांश सेवा प्रदायक संस्थाले हालसम्म म्यानुअल रूपमा दाबी पेश गर्दै आएका थिए । बोर्डले म्यानुअल माध्यमबाट दाबी प्राप्त हुँदा दाबी रुजु तथा मूल्यांकन प्रक्रियामा बढी समय लाग्ने र सेवा प्रदायक संस्थालाई दाबी भुक्तानी गर्नसमेत ढिलाइ हुने गरेको सूचनामा उल्लेख छ ।

‘दाबी भुक्तानीमा हुने ढिलाइले स्वास्थ्य सेवा प्रवाहमै कठिनाइ उत्पन्न हुने अवस्था रहेकाले स्वास्थ्य बीमा प्रणालीलाई समयसापेक्ष रूपान्तरण गर्दै दाबी व्यवस्थापन प्रक्रियालाई छिटो, पारदर्शी र डिजिटल बनाउन ईएमआर कार्यान्वयन गर्न लागिएको हो,’ सूचना मार्फत भनिएको छ ।

यस्तै बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई आफ्नो संस्थामा हाल सञ्चालनमा रहेको अस्पताल सफ्टवेयर, प्रयोग भइरहेका मोड्युल तथा आगामी दिनमा ईएमआर प्रणाली विस्तार र कार्यान्वयनका लागि तय गरिएको योजनासमेत उपलब्ध गराउन भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त
२०८३ भाद्र १८, बिहिबार
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १८, बिहिबार
हामीले गरेको नगन्वय गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री
२०८३ भाद्र १८, बिहिबार
भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
२०८३ भाद्र १८, बिहिबार
विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक छ : उपसमाभति शर्मा
२०८३ भाद्र १८, बिहिबार
बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
२०८३ भाद्र १८, बिहिबार
एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित
२०८३ भाद्र १८, बिहिबार