भाद्र १८, २०८३ बिहिबार September 3, 2026

एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित

भलिबलकी मीना सुनारले पिपल्स च्वाइसको अवार्ड जितिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आज काठमाडौँमा आयोजना गरेको स्पोर्टस् अवार्डको २३औँ संस्करण कार्यक्रममा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

चन्द्रबहादुरले वर्ष उत्कृष्ट पुरुष र एरिकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सम्पन्न अन्तरराष्ट्रिय बक्सिङ महासङ्घ (आइबा) पुरुष विश्व च्याम्पियनपसिपमा कास्य पदक जितेर इतिहास बनाएपछि चन्द्रबहादुर उत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । उनी विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली बक्सर हुन् । उनलाई गोल्छा समूहका अध्यक्ष अमिताभ अग्रवालले अवार्ड प्रदान गरे ।

यस्तै, एरिकाले लगातार तेस्रोपटक वर्ष महिला खेलाडीको अवार्ड जितिन् । उनले गत वर्ष मोरक्कोको रावतमा सम्पन्न कराते वान प्रिमियर लिगको ६८ किलोमाथिको तौल समूहमा कास्य पदक जितेकी थिइन् । एरिकाले टर्कीको इस्तानबुलमा भएको डब्ल्युुकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, चीनमा सम्पन्न डब्ल्युकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्ल्युकेएफ कराते वान सिरिजमा स्वर्ण र थाइल्याण्ड ओपनमा एकल तथा टिम स्पर्धामा स्वर्ण पदकसमेत जितेकी थिइन् ।

यस्तै, करातेकी मनिषाकुमारी बोहरा वर्षकी उत्कृष्ट युवा खेलाडी घोषित भइन् । उनले गत वर्ष चीनमा आयोजित एसियन २३औँ क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । यस्तै, मनिषाले श्रीलङ्कामा सम्पन्न नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण पदक दिलाएकी थिइन् ।

यसैगरी करातेका कुशल श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको उत्कृष्ट प्रशिक्षक घोषित भए । अन्तरराष्ट्रिय करातेमा एरिका गुरुङलाई लगातार सफलता दिलाउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनले यो अवार्ड लगातार तेस्रो पटक जितेकी हुन् ।

यस्तै, भलिबलकी मीना सुनारले पिपल्स च्वाइसको अवार्ड जितिन् । उनी भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा विजेता घोषित भएकी हुन् । मीनाले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरेकी थिइन् । पुरस्कार विजेता पाँचै जनालाई पल्सर मोटरसाइकल प्रदान गरिएको छ ।

यसैगरी नेपाललाई प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएकी सुष्मा तामाङलाई ‘पारा एथलिट सम्मान २०८२’ प्रदान गरिएको छ ।

कराते प्रशिक्षक धु्रवविक्रम मल्ललाई स्पेसल अवार्डबाट सम्मान गरिएको छ । ब्याडमिन्टनका पूर्वखेलाडी मोहनबहादुर शाहीलाई एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट भारतका सबा नायकन सम्मानित भएका छन् । उनीहरुलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त
२०८३ भाद्र १८, बिहिबार
बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र १८, बिहिबार
हामीले गरेको नगन्वय गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री
२०८३ भाद्र १८, बिहिबार
भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
२०८३ भाद्र १८, बिहिबार
विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक छ : उपसमाभति शर्मा
२०८३ भाद्र १८, बिहिबार
बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
२०८३ भाद्र १८, बिहिबार
एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित
२०८३ भाद्र १८, बिहिबार