भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

समातिएकाहरुसँग अनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २६ मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-७ बस्ने २७ वर्षीय सन्तोष क्षेत्रीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

यसैगरी झापा, दमक नगरपालिका-५ यलम्बर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३५ वर्षीय हिरालाल विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ गंगापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-१ सैनिक बस्ने २६ वर्षीय रस्मित थापा, बर्दिया बढैयाताल नगरपालिका-८ शितलाबजार बस्ने २९ वर्षीय पबन उपाध्याय र  सोही नगरपालिका-९ मैनापोखर बस्ने २७ वर्षीय शिशिर पौडेल रहेका छन् । प्रहरी चौकी तेलियपुर खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रस्मितले प्रयोग गरेको भे.५ प २७२५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-२ पाखापानी बस्ने ३६ वर्षीय अमन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेर्मी समेतबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह २७५० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ई-रिक्सामा सवार अमनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार ई-रिक्सा चालकको खोजी गरिरहेको छ ।

सुनसरी, देवानगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ मेहता टोल बस्ने २० वर्षीय सन्दिप कुमार मेहतालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७८९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ९० ट्याब्लेट सहित दुहवी नगरपालिका-२ बस्ने २० वर्षीय मो.दिलकस समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ बसपार्कस्थित चाम्लिङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम २ सय २० मिलिग्राम सहित हरिनगर गाउँपालिका-७ बस्ने ५२ वर्षीय मोजामिल अन्सारी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय प्रबत चौधरी, कैलारी गाउँपालिका-५ बस्ने २० वर्षीय सुजित चौधरी र ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ५ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ चिसापानी बस्ने ३२ वर्षीय दिपेन्द्र बैगार समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले क.प्र.०२-००१ च ०८७६ नम्बरको स्कारपियो गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-८ गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ८५ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाइट्राजेपाम ४ सय १० टयाब्लेट सहित सोही ठाउँ बस्ने ५६ वर्षीया दिल कुमारी गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार