भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दार्चुला प्रशासनद्धारा जोखिम बढ्ने सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सुचना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायद्वारा जारी सूचनामा सोसम्बन्धी घटना घटेमा वा उद्धारको आवश्यकता परेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनको सम्पर्क नम्बरमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले जोखिम बढ्ने सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दार्चुलाको चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट जोगिन र धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ३७ हजार ७०० क्युसेक पुगेको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेक ९बनबासा पुल०मा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार