भाद्र २०, २०८३ शनिबार September 5, 2026

मोरिन्होको पुनरागमनपछि रियल मड्रिडको पहिलो हार, बेटिससँग १–० ले पराजित

रियल मड्रिड बेटिससँग पराजित, एमबाप्पे पेनाल्टीमा चुके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । रियल मड्रिडले प्रशिक्षक जोसे मोरिन्होको पुनरागमनपछि पहिलो हार बेहोरेको छ। स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग १-० गोलले पराजित भयो।

खेलको ८१औँ मिनेटमा ट्रोय पारोटले गरेको गोल बेटिसको जितका लागि निर्णायक बन्यो। नेल्सन डिओसाको हेडर रियलका गोलरक्षक थिबाउ कोर्टुवाले बचाए पनि रिबाउन्डमा प्राप्त बललाई पारोटले जाली चुमाउँदै बेटिसलाई अग्रता दिलाए।

रियलसँग खेल बराबरी गर्ने थुप्रै अवसर थिए। किलियन एमबाप्पेले पहिलो हाफमै दुई उत्कृष्ट मौका गुमाए भने दोस्रो हाफमा जुड बेलिङ्घमको प्रयासलाई बेटिसका गोलरक्षक अल्भारो भायेसले बचाए। एमबाप्पेको शक्तिशाली प्रहार पाँच मिनेट बाँकी रहँदा क्रसबारमा लागेर फर्किएको थियो।

इन्जुरी समयको चौथो मिनेटमा भिनिसियस जुनियरलाई पेनाल्टी क्षेत्रमा लडाइएपछि रियलले बराबरी गर्ने ठूलो अवसर पायो। तर एमबाप्पेको कमजोर पेनाल्टीलाई गोलरक्षक भायेसले सहजै बचाए। रियलका कार्लोस एस्पीले गरेको आकर्षक गोल पनि भीएआर पछि अफसाइडका कारण मान्य भएन।

मोरिन्हो १३ वर्षपछि रियलको प्रशिक्षकका रूपमा फर्किएपछि टोलीले सुरुआती तीन खेल लगातार जितेको थियो। तर बेटिससँगको हारसँगै रियलको अपराजित यात्रा टुंगिएको छ। सन् २०१४-१५ सिजनपछि पहिलोपटक रियलले लिगका सुरुआती चारमध्ये एक खेलमा हार बेहोरेको हो।

अब बार्सिलोनासँग रियलमाथि तीन अंकको अग्रता बनाउने अवसर आएको छ। बार्सिलोनाले आइतबार भ्यालेन्सियाको सामना गर्नेछ।

त्यस्तै, ला लिगामा आज राति पनि तीन खेल हुँदैछन्। सबैभन्दा आकर्षक खेलमा एथ्लेटिक बिल्बाओले एट्लेटिको मड्रिडको सामना गर्नेछ। यस्तै, आजै हुने अन्य खेलमा रायो भाल्लेकानो र रेसिङ सान्तान्देर तथा भिल्लारियल र डेपोर्टिभो ला कोरुन्या एक आपसमा भिड्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्
२०८३ भाद्र २०, शनिबार
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
२०८३ भाद्र २०, शनिबार
भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
२०८३ भाद्र २०, शनिबार
सात सय घरमा विद्युत सुविधाको पहुँच
२०८३ भाद्र २०, शनिबार
मोरिन्होको पुनरागमनपछि रियल मड्रिडको पहिलो हार, बेटिससँग १–० ले पराजित
२०८३ भाद्र २०, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने
२०८३ भाद्र २०, शनिबार
उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
२०८३ भाद्र २०, शनिबार