भाद्र २०, २०८३ शनिबार September 5, 2026

अविरल घिमिरेको अन्तर्राष्ट्रिय रिङमा अर्को धमाका, विश्व च्याम्पियन पराजित

जापानको रिङमा चम्किए ‘हिमालयन चितुवा’, विश्व च्याम्पियनलाई दोस्रो राउण्डमै नकआउट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व च्याम्पियन खेलाडीलाई नकआउट गर्दै जित दर्ता गराएका छन्।

जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ को अन्तर्राष्ट्रिय प्रतियोगितामा घिमिरेले फ्रान्सका बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डमै नकआउट गरेका हुन्।

सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डविरुद्धको खेलमा घिमिरेले दोस्रो राउण्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै निर्णायक जित निकाले। यो जितसँगै घिमिरेले अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपालको प्रभाव थप बलियो बनाएका छन्।

घिमिरेले अहिलेसम्म २९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। तीमध्ये २१ खेलमा जित हासिल गरेका उनले २० खेल नकआउटमार्फत जितेका छन्।

अन्तर्राष्ट्रिय किक बक्सिङको रिङमा लगातार प्रभाव जमाउँदै आएका घिमिरेले नेपालको पहिचान विश्वस्तरमा पुर्‍याउन आफूलाई समर्पित गर्दै आएका छन्।

प्रतियोगितामा जित हासिल गरेपछि घिमिरेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितका लागि सहयोग गर्ने बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘राज्यका सबै निकाय अन्योलमा, सरकारको लक्षण राम्रो देखिएन’ : संयोजक दाहाल
२०८३ भाद्र २०, शनिबार
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
२०८३ भाद्र २०, शनिबार
खाजाको पैसा विद्यार्थीहरुले गरे राहत सहयोग
२०८३ भाद्र २०, शनिबार
खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी
२०८३ भाद्र २०, शनिबार
युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव
२०८३ भाद्र २०, शनिबार
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र २०, शनिबार