भाद्र २१, २०८३ आइतबार September 6, 2026

एकदिवसीय शृङ्खला : न्युजिल्यान्ड ‘ए’ सँग नेपाल दुई विकेटले पराजित

बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई दुई तथा विपिन खत्री र पवन सर्राफले एक एक विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ । एकदिवसीय शृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो ।

नेपालले यसअघि तास्मिनियासँग दुई विकेट र दक्षिण अस्ट्रेलियासँग एक सय ३८ रनको हार व्यहोरेको थियो । आज भएको अन्तिम खेलमा डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ‘ए’को पारी निर्धारित ५० ओभरमा दुई सय ११ रनमा समेटियो ।

नेपालका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै, लोकेश बमले ६४ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० र विपिन खत्रीले १२ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्ड ‘ए’का लागि म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

दुई सय १२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्ड ‘ए’ ४९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर विजयी भयो । न्युजिल्यान्ड ‘ए’का लागि राइस मारिउले शतकीय पारी खेले । उनले १३४ बलमा १६ चौका र तीन छक्कासहित १३७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई दुई तथा विपिन खत्री र पवन सर्राफले एक एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने
२०८३ भाद्र २१, आइतबार
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
२०८३ भाद्र २१, आइतबार
एकदिवसीय शृङ्खला : न्युजिल्यान्ड ‘ए’ सँग नेपाल दुई विकेटले पराजित
२०८३ भाद्र २१, आइतबार
बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
२०८३ भाद्र २१, आइतबार
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा
२०८३ भाद्र २१, आइतबार