भाद्र २२, २०८३ सोमबार September 7, 2026

लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन

बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा स्वयम्भूनाथमा दीप प्रज्वलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाको सम्झनामा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले सोमबार साँझ स्वयम्भूनाथ मन्दिरमा दीप प्रज्वलन गरेको छ।

क्लबको आयोजनामा भएको दीप प्रज्वलनमा विपदमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।

त्यस्तै, बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धार र अवस्था छिटो पत्ता लागोस् भन्ने कामनासमेत गरिएको क्लबले जनाएको छ।

दीप प्रज्वलन कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराका अध्यक्ष, पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

क्लबले प्राकृतिक विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले दीप प्रज्वलन गरिएको क्लबका सचिव सरोज श्रेष्ठले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामुदायिक विद्यालय अभिभावक संघद्धारा सहयोग गर्न आव्हान
२०८३ भाद्र २२, सोमबार
बाढीपछि लयमा फर्किँदै नेपाली चलचित्र क्षेत्र
२०८३ भाद्र २२, सोमबार
लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराद्वारा स्वयम्भूनाथमा दीप प्रज्वलन
२०८३ भाद्र २२, सोमबार
‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना
२०८३ भाद्र २२, सोमबार
सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध निर्मम हुँदै प्रहरी
२०८३ भाद्र २२, सोमबार
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड
२०८३ भाद्र २२, सोमबार