भाद्र २३, २०८३ मंगलबार September 8, 2026

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २३ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।

नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पु¥याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी लगायत स्वयंसेवकले वितरण गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।”

आजदेखि रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालनमा

सोसाइटीले बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै छ । नुवाकोट आदर्श बहुमुखी क्याक्पस बट्टार परिसरमा सञ्चालन हुने सो क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढीप्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने छ ।

सोसाइटीले दिएको जानकारीअनुसार यस्तो सेवामा बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण (रेफरल) रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोगको एक करोड एक लाख रुपैयाँ सहयोग
२०८३ भाद्र २३, मंगलबार
सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि
२०८३ भाद्र २३, मंगलबार
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार
शहीदहरूको सपना र उपलब्धि जोगाउन नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
२०८३ भाद्र २३, मंगलबार