भाद्र २३, २०८३ मंगलबार September 8, 2026

पुरुष क्रिकेट : नेपाल हङकङसँग १५ रनले पराजित

जितसँगै हङकङ प्रतियोगिताको सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।

जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए ।

उनले १०६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ९० रनको योगदान गरेका हुन । त्यसैगरी आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए ।

बलिङतर्फ हङकङका लागि एइजाज खानले ४ विकेट लिए । त्यस्तै  यासिम मुर्तजाले २ विकेट लिँदा किञ्चित शाह, नसरुल्ला राना र अतिक इक्बालले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल बनाएको थियो । उसका लागि बाबर हायातले १२७ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ११७ रनको योगदान दिएका हुन । त्यस्तै एहसान ३५ रनमा अविजित रहँदा शाहिद वासिफले ४५ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट लिए । जितसँगै हङकङ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया