भाद्र २४, २०८३ बुधबार September 9, 2026

झापा र कैलालीमा खोप अभियान शुरु हुँदै

अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २४ भदौः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ ।

जेई सङ्क्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका तीन वटा स्थानीय तहमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार जेई सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

उहाँका अनुसार पहिलो चरणअन्तर्गत झापाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनलागेको हो । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत
२०८३ भाद्र २४, बुधबार
बाढीप्रभावितलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नु आवश्यक छः उद्योगमन्त्री
२०८३ भाद्र २४, बुधबार
सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः रवि लामिछाने
२०८३ भाद्र २४, बुधबार