भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

आईडब्लुएस बास्केटबल : संस्कृति र प्रिमियर फाइनलमा

उपाधिका लागि प्रिमियरले डाफोडिल विरुद्ध प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । संस्कृति सिनियर ब्वाइज तथा प्रिमियर जुनियर ब्वाइजमा फाइनलमा पुगेका हुन् ।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा संस्कृतिले जेम्सलाई ४७–२० ले पराजित ग¥यो । संस्कृतिको जितमा अभिग्न श्रेष्ठले १२ अंक योगदान गरे । फाइनलमा संस्कृतिको भेट निस्टसंग हुनेछ ।

सिजन ताम्राकारको ६ अंक सहयोगमा प्रिमियरले डिभाइनलाई २७–३ ले सहजै हरायो । उपाधिका लागि प्रिमियरले डाफोडिल विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

दुवै सेमिफाइनल बिहीबार वर्षाका कारण स्थगित भएको खेल हो । सिनियर गल्र्सको उपाधि भिडन्त काष्ठमण्डप विद्यालय र निस्टबीच हुनेछ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया