भाद्र २७, २०८३ शनिबार September 12, 2026

२१ किमी तिम्बुङ पोखरी ट्रेल रनमा सञ्जय र कमलाले जिते उपाधि

तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय र कमलाको बाजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २७ भदौ । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा पुरुषतर्फ इलामका सञ्जय राई (समीर) र महिलातर्फ डोल्पाकी कमला (सुनसरी) क्षेत्री प्रथम भएकी छन् ।

२१ किलोमिटर दुरी राईले १ घण्टा २४ मिनेटमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो र ताप्लेजुङ मैवाखोलाका फुर्वालाक्पा शेर्पा तेस्रो भए ।

त्यस्तै महिलातर्फकप् क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पूरा गर्दै प्रथम भइन् भने पाँचथरकी अन्जना लिम्बू दोस्रो भइन् ।

५२ जना धावक सहभागी भएको प्रतियोगितामा पुरुष तथा महिला दुवैलाई प्रथम, दोस्रो ८३ हजार ५२५, ६३ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको तिम्बुङ पोखरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष अमिर राइले जानकारी दिए ।

स्थानीय क्षेत्रबाट प्रतियोगितामा सहभागीता जनाइ प्रथम भएका भरत बाँनियालाई समेत नगद ३३ हजार ५ सय २५ रुपैयाँ प्रदान गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया