भाद्र २९, २०८३ सोमबार September 14, 2026

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ भदौः यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ लाई सामाजिक उत्तरदायित्वसँग जोडिएको छ ।

भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वसँग जोडिएको आयोजकले बताएका छन् ।

फेसियल हाउसले ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ नाम दिएर आयोजना गरिएको सो कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘ब्राइडल मेकअप कम्पिटिसन’ समेत आयोजना गरिएको थियो ।

‘चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ’ भन्ने नारासहित शनिबार काठमाडौँमा आयोजना गरिएको सो प्रदर्शनीमा सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले बताएका छन् ।

कार्यक्रममा फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।

संस्कृति पनि जोगिन्छ, आफन्त र साथीभाइसँग भेटघाट पनि हुन्छ । त्यससँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्न पनि सकिन्छ । त्यसैले यस वर्षको कार्यक्रमलाई बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडेर आयोजना गरेका हौँ,” महराले भन्नुभयो ।

यस वर्ष आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा सुनिता राई विजेता बनिन् । अस्लिना गुरुङ फस्र्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित हुनुभयो ।

त्यस्तै, जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट र्याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित भइन् । विजेताहरूलाई क्राउनसमेत लगाइएको थियो ।

प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । फेसियल हाउसले स्थापनाकालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार