भाद्र २९, २०८३ सोमबार September 14, 2026

नेवार समुदायमा चथा पर्व मनाइँदै

चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यता रहेकाले पूजा गरिँदासमेत आकाशतर्फ नहेर्ने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनेपा (काभ्रे), २९ भदौ : नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान् गणेश विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन् ।

उक्त समुदायमा घर–आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरु एकै ठाउँमा बसेर विधिपूर्वक पूजाआजा गरी चथा पर्व मनाइने परम्परा छ । उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिँदै आएको छ । पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री राख्ने परम्परा छ । पूजाका सन्दर्भमा घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीका रूपमा प्रयोग गर्ने गरिनेछ ।

चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ । वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जङ्गमले बताउनुभयो ।

चथा पर्वसँग चन्द्रमा सम्बन्धी धार्मिक विश्वास जोडिएको जनविश्वास छ । आजको दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ । चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यता रहेकाले पूजा गरिँदासमेत आकाशतर्फ नहेर्ने चलन छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार