भाद्र ३१, २०८३ बुधबार September 16, 2026

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल पराजित

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३१ भदौ । नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ ।

नेपाल आज आफ्नो पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कोमाकी आइचीमा भएको उक्त खेलमा जापानले नेपाललाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१२ र तेस्रो सेटमा २५–११ अङ्कले पराजित गरेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेल  बिहीबार इन्डोनेसियाविरुद्ध खेल्ने छ । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियाली खेलकुद खेलिरहेको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला भलिबल टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया