असोज २, २०८३ शुक्रबार September 18, 2026

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

दुवै राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, २ असोजः हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिनुभयो । त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो ।

कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार