असोज ३, २०८३ शनिबार September 19, 2026

आज शनिवार, कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

तुला राशिलाई आज नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । सामाजिक क्षेत्रमा काम गरी नाम कमाउने समय रहेको छ ।  खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । रुपैयाँ पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रूपमा अगाडि बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । राजनीतिक तथा सामाजिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नको व्यापारबाट प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । बैठक तथा सामाजिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा साथीभाइहरूले काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तरपनि कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । बैठक तथा गोष्ठीमा समय व्यातित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । कानुन तथा संविधानसँग सम्बन्धित गोष्ठीमा सहभागी भई प्रस्तुति दिन सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुटुम्ब तथा वाणीभावमा गोचर गर्ने चन्द्रमाले कुटुम्बसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ । बालीको माध्यमबाट राम्रा तथा परिणामी काम गर्न सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लागी हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । खेलकुद, भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्स पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ । नियम कानुनसँग  सम्बन्धित बैठक तथा गोष्ठीमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तरपनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर पेसा व्यावसायिक गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायिक फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेको छ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । बैठक, गोष्ठी तथा माङ्गलिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाइ लेखाइ अरूभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । गीतसंगित तथा खेल क्षेत्रमा चासो बढ्नेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । राजनीतिक तथा सामाजिक समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार
परिवारले मृत्यु स्वीकारे, राज्यको सूचीमा अझै बेपत्ता
२०८३ असोज ३, शनिबार