असोज ३, २०८३ शनिबार September 19, 2026

एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

राखेपका सदस्य सचिव रामचरित्र मेहता, क्यान सचिव पारस खड्का लगायतले गरे बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट सङ्घ (क्यान) सचिव पारस खड्कालगायतले बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहमा राखेपका सदस्य सचिव मेहताले टोलीलाई शुभकामना दिनुभयो । प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्ने उल्लेख गर्दै पदकको आशा राखेको बताउनुभयो ।

नेपालले प्रतियोगिताको समूह चरणमा आगामी शुक्रबार अफगानिस्तान र आज जापानविरुद्ध खेल्ने तालिका छ । नेपाली क्रिकेट टोलीले चौथो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले क्रिकेटतर्फ हालसम्म एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ । यसपालि प्रतियोगितामा स्वर्णपदक जित्ने लक्ष्य रोखेको टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताउनुभयो ।

एसियाली खेलकुदका लागि नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधान जारी गर्दा खुसीभन्दा मधेसमा गोली चलेको पीडाले बढी दुःखी थिएँ’ : पूर्वराष्ट्रपति रामबरण यादव
२०८३ असोज ३, शनिबार
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
२०८३ असोज ३, शनिबार
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज ३, शनिबार
संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे
२०८३ असोज ३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठकअघि पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्ने
२०८३ असोज ३, शनिबार
नेपालको संविधान-शान्ति र सहकार्यको साझा दस्तावेज : एकराज पाठक
२०८३ असोज ३, शनिबार
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा
२०८३ असोज ३, शनिबार