असोज ५, २०८३ सोमबार September 21, 2026

एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक, अक्टोबर २६ देखि प्रतिस्पर्धा

एनपीएलको ग्रान्ड फाइनल नोभेम्बर २१ शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ।

प्रतियोगिताको लिग चरणमा सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा अक्टोबर २६ मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

लिग चरणका खेलहरू नोभेम्बर १५ सम्म सञ्चालन हुनेछन्। त्यसपछि नोभेम्बर १७ मा पहिलो क्वालिफायर हुनेछ। लिगमा पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच हुने क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ।

नोभेम्बर १८ मा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर खेल हुनेछ। एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित टोलीबीच नोभेम्बर १९ मा दोस्रो क्वालिफायर खेलाइनेछ। दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ।

एनपीएलको ग्रान्ड फाइनल नोभेम्बर २१ शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

लिग चरणको खेल तालिका

अक्टोबर २६, सोमबार
लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स

अक्टोबर २७, मंगलबार
विराटनगर किङ्स विरुद्ध चितवन राइनोज
कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्स

अक्टोबर २८, बुधबार
पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्स

अक्टोबर २९, बिहीबार
जनकपुर बोल्ट्स विरुद्ध काठमाडौं गोर्खाज
कर्णाली याक्स विरुद्ध विराटनगर किङ्स

अक्टोबर ३१, शनिबार
लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोज
सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किङ्स

नोभेम्बर १, आइतबार
जनकपुर बोल्ट्स विरुद्ध पोखरा एभेन्जर्स

नोभेम्बर २, सोमबार
काठमाडौं गोर्खाज विरुद्ध कर्णाली याक्स
सुदूरपश्चिम रोयल्स विरुद्ध चितवन राइनोज

नोभेम्बर ३, मंगलबार
विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स
लुम्बिनी लायन्स विरुद्ध पोखरा एभेन्जर्स

नोभेम्बर ५, बिहीबार
लुम्बिनी लायन्स विरुद्ध जनकपुर बोल्ट्स
काठमाडौं गोर्खाज विरुद्ध विराटनगर किङ्स

नोभेम्बर ६, शुक्रबार
सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्स
चितवन राइनोज विरुद्ध पोखरा एभेन्जर्स

नोभेम्बर ७, शनिबार
काठमाडौं गोर्खाज विरुद्ध लुम्बिनी लायन्स

नोभेम्बर ९, सोमबार
पोखरा एभेन्जर्स विरुद्ध कर्णाली याक्स
चितवन राइनोज विरुद्ध काठमाडौं गोर्खाज

नोभेम्बर १०, मंगलबार
सुदूरपश्चिम रोयल्स विरुद्ध जनकपुर बोल्ट्स

नोभेम्बर १२, बिहीबार
विराटनगर किङ्स विरुद्ध पोखरा एभेन्जर्स
कर्णाली याक्स विरुद्ध लुम्बिनी लायन्स

नोभेम्बर १३, शुक्रबार
काठमाडौं गोर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्स
जनकपुर बोल्ट्स विरुद्ध चितवन राइनोज

नोभेम्बर १४, शनिबार
विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स

नोभेम्बर १५, आइतबार
चितवन राइनोज विरुद्ध कर्णाली याक्स
पोखरा एभेन्जर्स विरुद्ध काठमाडौं गोर्खाज

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया