असोज ८, २०८३ बिहिबार September 24, 2026

एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित

खेलको तेस्रो सेट ११–५ ले जित्दै खेलमा फर्किने प्रयास गरेता पनि सफल हुन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ असोजः जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको पुरुष एकल विधामा नेपालका खेलाडीद्वय रुबिन महर्जन र संयोग कपाली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् ।

जापानको नायोगास्थित काइ हल टोयोटामा आज भएको खेलमा रुबिन मकाउका खेलाडी टिन इयान माकसँग पराजित हुँदा संयोग यमनका इब्राहिम गुब्रानसँग पराजित भए । रुबिनले खेलको पहिलो सेट ११–५ ले गुमाए तर खेलको दोस्रो सेट भने आफनो पक्षमा पारे । उनले दोस्रो सेटमा ११–३ को जित निकाले । तर उनी त्यसपछिको लगातार सेटमा पराजित भए । खेलको तेस्रो सेट ११–९, चौथो सेट ११–४ तथा पाँचौँ सेट १२–१० ले गुमाए ।

यता संयोगले पनि यमनका खेलाडी इब्राहिम गुब्रानसँग समान ४–१ कै सेटमा पराजित भए । उनले खेलको पहिलो सेट ११–५ ले गुमाए भने खेलको दोस्रो सेट ११–८ ले पछि परे । त्यसपछि खेलको तेस्रो सेट ११–५ ले जित्दै खेलमा फर्किने प्रयास गरेता पनि सफल भएनन् । त्यसपछि खेलको चौथो र पाँचौँ सेट क्रमशः ११–७ र ११–६ ले पराजित हुन पुगे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया