मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

बागचौर नगरपालिका–४ मा १११ जनाको जाँच गर्दा १० जना महिला सङ्क्रमित भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, ९ असोजः सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा ८८ जनामा सङ्क्रमण देखिएको हो ।

तीन स्थानीय तहमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी ५४ जनामा उक्त रोगको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले राससलाई जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “दार्मा गाउँपालिका–१ मा १६० जनाको जाँच गर्दा ३७ र वडा नं ५ मा १८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १७ जनमा सङ्क्रमण भेटिएको छ । कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षणमा एक पुरुष, वडा नं ६ मा ५३ मध्ये छ र वडा ७ मा ३८ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखियो ।”

जनस्वास्थ्य अधिकृत रिजालका अनुसार कालीमाटी गाउँपालिका–४ धुरचौरमा २१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक महिला र एक पुरुषमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको पाइएको छ । बागचौर नगरपालिका–४ मा १११ जनाको जाँच गर्दा १० जना महिला सङ्क्रमित भेटिएका जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिनुभयो ।

रोग फैलिँदै गएको र त्यसमा सङ्क्रमणको अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि करिब ८०० थान कीटसहित आवश्यक औषधि पठाइसकेको उक्त निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप ४५० कीट स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहमा हुन सकेन ‘ओएनएम’
२०८३ मंग्सिर ६, आइतबार
स्तन क्यान्सरबारे सचेत रहन विज्ञको सुझाव, लक्षण देखिए परीक्षण गर्न आग्रह
२०८३ मंग्सिर ६, आइतबार
Sudurpaschim lifts maiden NPL trophy
२०८३ मंग्सिर ५, शनिबार
युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह
२०८३ मंग्सिर ५, शनिबार
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
एआई र प्रविधिको विकासलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्छ : वर्षमान पुन
२०८३ मंग्सिर ५, शनिबार