असोज १२, २०८३ सोमबार September 28, 2026

बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा

पाँच सय शय्याको अस्पतालमा आइसियू, एचडियु र क्याबिन बाहेकका सम्पूर्ण जनरल बेडहरु निःशुल्क दिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, १२ असोजः यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) मा दुई लाख १२ हजार ९७७ जनालाई सेवा दिएको छ । ती बिरामीमध्ये २७ हजार २४३ नयाँ बिरामी हुन् भने बाँकी पुनः परीक्षणका लागि  आएका बिरामी हुन् ।

अस्पतालले आफ्नो वार्षिकोत्सव एवं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा हरेक वर्ष असोज १० गते यो तथ्याङ्क सार्वजनिक गर्ने गर्दछ । अस्पतालका डा सुशील अधिकारीका अनुसार सन् २०२५ मा आएका बिरामीमध्ये ६ हजार ८५८ जना क्यान्सरका नयाँ बिरामी पत्ता लागेका छन् ।

सन् २०२४ मा दुई लाख चार हजार ९७१ जना बिरामीले बहिरङ्ग सेवा लिएका थिए । उनीहरुमध्ये ३१ हजार ५६० नयाँ रहेका थिए । सो वर्ष सात हजार नौ जना नयाँ क्यान्सरका बिरामी पत्ता लागेको उहाँको भनाइ छ ।

सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएको जानकारी दिँदै डा अधिकारीले ११ हजार ५५९ जना बिरामीले अन्तरङ्ग (भर्ना भएर) सेवा लिएको बताउनुभयो । अस्पतालमा सोही अवधिमा ठूला तीन हजार ९१ शल्यक्रिया गरिएको छ ।

सन् २०२४ मा  आकस्मिक कक्षबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर सेवा लिएको उहाँले जानकारी दिनुभयो । सो वर्ष तीन हजार १६९ ठूला शल्यक्रिया (मेजर अप्रेसन) गरिएको, २७ हजार ४९३ जनाले ‘डे केयर’ सेवा लिएको अस्पतालको तथ्याङ्क रहेका छन् ।

सन् २०२५ मा अस्पतालमा विकीरण प्रविधि (सेकाई) बाट उपचार गराउनेको सङ्ख्या दुई हजार ९७० छ भने डे केयरमा भर्ना भएर ‘केमो थेरापी’ लिनेको सङ्ख्या २६ हजार ४७२ रहेको उहाँको भनाइ छ ।

एक वर्षको अवधिमा ११ हजार बढी विपन्न बिरामीको निःशुल्क उपचार पाएका छन् । अस्पतालले सन् २०२५ मा १० हजार ९२० जना विपन्नको निःशुल्क उपचार गरेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार विपन्नको उपचारबापत रु ४३ करोड १२ लाख १४ हजार १६१.१६ बिरामीले छुट पाएका छन् ।

यसैगरी क्यान्सर सेवा समाजमार्फत १७६ जनाले छुट पाएका छन् । सो बापत बिरामीले रु १५ लाख ७३ हजार १४५ छुट पाएका हुन् ।

सन् २०२४ मा नौ हजार ११२ जनाले विपन्न सेवा पाएका थिए । त्यसबापत उनीहरुले रु ३५ करोड ५८ लाख २२ हजार २०६.९५ छुट पाएका थिए । सो वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जनाले रु १३ लाख ९० हजार ३६४ छुट पाएको उहाँले जानकारी दिनुभयो ।

पाँच सय शय्याको अस्पतालमा आइसियू, एचडियु र क्याबिन बाहेकका सम्पूर्ण जनरल बेडहरु निःशुल्क दिँदै आएको डा नेपालले बताउनुभयो । अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीलाई दुई छाक खाना र एक छाक नास्ता अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको डा नेपालको भनाइ छ ।

अस्पतालमा ७१८ कर्मचारी कार्यरत छन् । तीमध्ये एक सय जना चिकित्सक हुन् भने २९५ जना नर्स कार्यरत छन् ।

सरकारबाट स्वायत्त संस्थाका रुपमा विसं २०५३ मा ऐनमार्फत उपचार, अनुसन्धान, निवारण रोकथामको उद्देश्यले अस्पताल स्थापना भएको हो । चीन सरकारले निर्माण गरेको यस अस्पताल सुरुमा एक सय शय्या रहेकामा अहिले ५०० शय्याको भएको छ । यहाँ नेपालभर र भारतबाट पनि बिरामी उपचारका लागि आउने गर्दछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार