असोज १३, २०८३ मंगलबार September 29, 2026

जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व

चीनको नयाँ पुस्ताबाट १९ वर्षीय पौडी खेलाडी चाङ झान्सुओको पनि प्रभावशाली प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं ।  एसियाली खेलकुदमा चीनका अनुभवी खेलाडीसँगै नयाँ पुस्ताका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १३ वर्षीया पौडी खेलाडी यु जिदी यसको सबैभन्दा चर्चित उदाहरण बनेकी छन् ।

एसियाली खेलकुदमा पहिलोपटक सहभागी युले अहिलेसम्म तीन व्यक्तिगत स्वर्ण पदक जितिसकेकी छन् । उनले २०० मिटर बटरफ्लाई, २०० मिटर व्यक्तिगत मेड्ली र ४०० मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण जित्दै तीनवटै स्पर्धामा खेलकुद कीर्तिमान कायम गरेकी छन् ।

४०० मिटर व्यक्तिगत मेड्लीमा उनले ४ मिनेट २८.५६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । अर्को महिना १४ वर्ष पुग्ने यु विश्व स्विमिङ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडीसमेत हुन् ।

तीन स्वर्ण जितेपछि युले आफूलाई सफलता सहज नभएको बताएकी छन् । उनले लगातारको प्रतिस्पर्धा निकै थकानपूर्ण भए पनि आफ्नो प्रदर्शनमा सुधार गर्न सफल भएको बताएकी छन् ।

चीनको नयाँ पुस्ताबाट १९ वर्षीय पौडी खेलाडी चाङ झान्सुओले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनले १५ सय मिटर र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्नुका साथै रिले स्पर्धामा पनि चीनलाई स्वर्ण दिलाउन योगदान गरेका छन् ।

यस्तै, १६ वर्षीया जिम्न्यास्टिक खेलाडी के छिनछिनले व्यक्तिगत सर्वाङ्गीणमा रजत जितेपछि चीनलाई महिला टोलीतर्फ स्वर्ण दिलाउन महत्वपूर्ण भूमिका खेलेकी छन् ।

एसियाली खेलकुदमा चीनको सबैभन्दा कम उमेरकी खेलाडी १२ वर्षीया स्केटबोर्ड खेलाडी छाउ शिक्वीले पनि प्रतिस्पर्धा गरिरहेकी छन् । यससँगै १७ वर्षीया धाविका छन युचे र १८ वर्षीया भालाफेँक खेलाडी यान यिजीले पनि चीनको नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् ।

जापानमा जारी एशियाली खेलकुदमा चीनले अहिलेसम्म १२२ स्वर्ण पदकसहित कुल २११ पदक जितेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १३, मंगलबार
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार
बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति, सडक सञ्चालन हुन एक साता लाग्ने
२०८३ असोज १३, मंगलबार