जेठ ७, २०८१ सोमबार May 20, 2024

राजदेवी मन्दिरमा बोका बली दिनेको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनकपुरधामको माता राजदेवी मन्दिरमा बोकाबली दिन सुरु भएको छ ।

मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा महानवमीको दिन साँझ ९ः३० बाट बोकाबली प्रदान गर्न सुरु गरिएको महाविर युवा कमिटिका अध्यक्ष सन्तोष कुमार साहले जानकारी दिए ।

मन्दिरमा राति १० बजे सम्म बोकाबली प्रदान हुने उनले बताए। बोकाबलीका लागि चारवटा ठेहा (बोकाबली प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिएको छ ।

राजदेवी मन्दिरमा अघिल्लो वर्ष महानवमीमा करिब १५ हजार बोकाबली प्रदान गरिएको थियो । कोभिड १९ महामारीका कारण यस वर्ष बोकाबलीको संख्यामा कमी हुने अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया