असोज १९, २०८३ सोमबार October 5, 2026

प्रधानसेनापति सिग्देल सातदिने औपचारिक भ्रमणका लागि बेलायत जाँदै

बेलायती सेनासँग नेपाली सेनाको ऐतिहासिक सम्बन्ध रहँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल सातदिने औपचारिक भ्रमणका लागि सोमबार बेलायत प्रस्थान गर्ने भएका छन्।

नेपाली सेनाका अनुसार बेलायती समकक्षीको निमन्त्रणामा प्रधानसेनापति सिग्देल बेलायत भ्रमणमा जान लागेका हुन्। प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो बेलायत भ्रमण हुनेछ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाका प्रधानसेनापति जनरल सर रोलान्ड ‘रोली’ वाकरसहित बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

भेटवार्ताका क्रममा नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी नेपाली सेनाका गोर्खा सैनिकले बेलायती सेनामा गर्दै आएको सेवासहित दुई देशका सेनाबीचको सहकार्यका विविध पक्षमा विचार आदानप्रदान हुने बताइएको छ।

प्रधानसेनापति सिग्देलको भ्रमणलाई नेपाल–बेलायत सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा समेत हेरिएको छ। बेलायती सेनासँग नेपाली सेनाको ऐतिहासिक सम्बन्ध रहँदै आएको छ।

प्रधानसेनापति सिग्देलले यसअघि भदौ २८ देखि असोज ३ गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए। चीन भ्रमणपछि उनी पुनः अर्को महत्वपूर्ण सैन्य साझेदार राष्ट्रको भ्रमणमा जान लागेका हुन्।

सातदिने बेलायत भ्रमण पूरा गरी प्रधानसेनापति सिग्देल असोज २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार